गणेश रसिक एकल साँझ हुने

आउँदो असोज ६ गते गणेश रसिक एकल साँझ हुने भएको छ । मौलिक लोक कला र साहित्यको प्रवद्र्धन गर्ने उदेश्यले सो सांगीतिक कार्यक्रम हुने भएको हो । कार्यक्रम काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ । त्यससँगै गाउँका युवालाई पर्यटन व्यवसायसँग सम्बन्धित सीपमुलक तालिम दिलाउन आवश्यक कोष स्थापना गर्ने लक्ष्य पनि रहेको आयोजक छिनामखु समाज काठमाडौंले जनाएको […]

सम्बन्धित सामग्री

रमाइला रसिकको एकल साँझ

सतहत्तर वर्षका गायक गणेश रसिकले श्रोता/दर्शकलाई आफ्ना कालजयी गीत/सङ्गीत सुनाउनुभएको छ। भोजपुर छिनामखु सरोकार समाजद्वारा शनिबार राजधानीमा आयोजित गणेश रसिक एकल साँझमा उहाँले करिब पाँच दशकदेखि नेपाली गीत/सङ्गीतको क्षेत्रमा आफूले सङ्कलन गरेका, लेखेका र गाएका गीत सुनाउनुभएको हो।

काठमाण्डौमा आज गणेश रसिक एकल साँझ

काठमाण्डौ - काठमाण्डौको राष्ट्रिय नाचघरमा आज गणेश रसिक एकल साँझ हुँदैछ । दिउँसो ३ बजेपछि हुने कार्यक्रमको उज्यालो रेडियो नेटवर्कसँगै एनटीभी प्लसबाट प्रत्यक्ष प्रसारण हुनेछ । दिउँसो ३ बजेदेखि शुरु हुने कार्यक्रम साँझ ६ बजेसम्म चल्नेछ । कार्यक्रममा  किरण प्रधान, सूर्य थुलुङ, शम्भु राई, ठूले राई, सुनिता सुब्बा, सत्यकला राई, झुमा लिम्बू, साजन रार्य, रुपक चौधरी, सञ्जय तुम्रोक, दुर्गा परियार, श्रेयसी चेम्जोङ लगायतले पनि आ–आफ्नो प्रस्तुति दिनेछन् । मौलिक लोककला र साहित्यको प्रवर्द्धनसँगै गाउँका युवालाई पर्यटन व्यवसायसँग सम्...