सुत्ने समयमा सिरानी मुनि नराख्नुहोस् यस्ता सामानहरु, नोक्सानी हुनसक्छः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा राती सुत्दा केही कुराबाट टाढा रहने कुराबारे जान्नुहोस् । सुत्ने समयमा केहि चीजहरू साथमा राख्नाले व्यक्तिलाई धेरै आर्थिक र मानसिक समस्याहरूले थप सताउने गर्छ। सुत्दा पर्स कहिल्यै साथमा नराख्नुहोस्। यसो गर्दा सधैं पैसाको चिन्ता र मानसिक तनाव उत्पन्न हुन्छ। सुत्दा अलमारी वा अन्य कुनै सुरक्षित ठाउँमा पैसा राख्न सक्नुहुन्छ।