प्रधानन्यायाधीश र न्यायाधीशहरूबीचको टसलका कारण मुद्दाहरूको सुनुवाइ प्रभावित भएको भन्दै कानूनका विद्यार्थीहरूले विरोध जनाएका छन् ।
सर्वोच्च अदालतको गेटबाहिर भेला भएर केही युवाले प्लेकार्ड प्रदर्शन गरेका हुन् । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
न्यायाधीशहरूको विवादमा जनताका मुद्दाहरूको सुनुवाइ रोकिनु नहुने उनीहरूको माग छ ।
प्रदर्शनका लागि भेला भएका विद्यार्थीहरूलाई प्रहरीले केहीबेरमा तितरबितर पारेको थियो ।