पश्चिमा देश र रुसबीच तनाव बढ्दो : जर्मनीले युक्रेनलाई ५० वटा एन्टी–एयरक्राफ्ट ट्यांक सहयोग गर्ने

युक्रेनको विषयलाई लिएर पश्चिमा देश र रुसबीच थप तनाव बढेको छ । रुसले युक्रनमाथिको आक्रमण नरोकेपछि जर्मनीले युक्रेनलाई झण्डै ५० वटा एन्टी–एयरक्राफ्ट ट्यांक सहयोग गर्ने भएको छ । युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेदारबीच जर्मनीमा बैठक बसिरहेका बेलामा यो निर्णय आएको हो ।  यसअघि अमेरिकाले युक्रेनलाई थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकाले रुसको आक्रमण विरुद्धको लडाइमा युक्रेनलाई  सहायता दिनेमा आफूहरु प्रतिबद्ध रहेको  र विश्वका धेरै देश एकजुट रहेको बताएको ...