काठमाडौं : १५ असार बुधबार रातको करिब १० बजेको समयमा पर्सा प्रहरीमा फोनको घण्टी बज्यो। फोनमार्फत जिल्लाकै बहुदरमाई नगरपालिका ७ विश्रामपुर छप्कैयाकी एक बालिकाको शव गोप्य रुपमा अन्येष्टि गर्न लागेको खबर प्रहरीले पायो।प्रहरीलाई सुँइकोसम्म नदिई जलाइएका बालिका थिइन्, बहुदरमाइ न.पा. ७ विश्रामपुर छप्कैयाका श्यामबाबु कलवारकी १४ वर्षीया छोरी महिमा कुमारी।प्रहरीलाई मात्रै होइन छरछिमेकलाई समेत सुँइको नदिई परिवारकै सदस्यहरुले बालिकाको शव बहुदरमाइ नगरपालिका ७ स्थित ढोङ्गी खोलाको मसानघाट पुर्याए