शंखरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १२ गते हुने भएको छ । कार्यपालिका निर्वाचनका लागि शनिवार नै निर्वाचन कार्यतालिकासहित मतदाता नामावली पनि प्रकाशन गरिएको छ । कार्यपालिका निर्वाचनका लागि ४६ जना मतदाताको नामावली प्रकाशन गरिएको नगर निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिइन् । नौ ओटा वडा रहेको नगरपालिकाको वडा नं ८ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेकाले ४६ जना मात्र जनप्रतिनिधि निर्वाचित भएको नगर निर्वाचन कार्यालयले बताएको छ । निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावलीमा कुनै त्रुटि भएमा सच्याउन आइतवारको मिति तय गरिएको थियो । यसमा कुनै उजुरी नपरेको निर्वाचन कार्यालयले बताएको छ ।      जेठ १२ गते बिहान ११ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको उनले बताइन् । कार्यपालिकामा नगर प्रमुख र उपप्रमुखसहित वडाध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । महिलाबाट पाँचजना र दलित तथा अल्पसंख्यकबाट तीनजना सदस्य निर्वाचित हुने व्यवस्था छ । यसरी नगरपालिकामा १९ सदस्यीय कार्यपालिका बन्ने बताइएको छ । महिला पाँच जना निर्वाचित वडा सदस्यबाट उम्मेदवारी दिन पाइन्छ । रासस

सम्बन्धित सामग्री

धरानका मेयर र कार्यपालिका सदस्यबीचको विवादले लगातार स्थगित कार्यपालिका बैठक

धरानको कार्यपालिका बैठकमा आफ्नो कुरा राख्दै नगर कार्यपालिका प्रवक्ता एवं वडा १७ का अध्यक्ष। तस्बिर: रोहित राई...

खाँदबारी नगरपालिकाको कार्यपालिका बैठक अब 'लाइभ'

संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाममा रहेको खाँदबारी नगरपालिकाले कार्यपालिका बैठकको ‘लाइभ’ सुरुवात गरेको छ । आज खाँदबारी नगरपालिकाको सभाहलमा नगरपालिकाले १३ औँ बैठकको आयोजना गरेको हो । कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरु, नागरिक समाज, आम नागरिक र सञ्चारकर्मीकोसमेत सहभागिता रहेको थियो । अब खाँदबारी नगरपालिकाले हरेक कार्यपालिकाको बैठक स्थानीय टेलिभिजन, रेडियो, एफएम, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्ने कार्यको सुरुवात भइसकेको खाँदबारी नगरपालिकाका मेयर महेश थपलि...

कार्यपालिका सदस्यका दुई वटा नागरिकता

कार्यपालिका सदस्य गुरुङले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उजुरी परेको छ। नेपाली कांग्रेसकातर्फबाट कार्यपालिका सदस्यका उम्मेदवार यामबहादुर विकले गुरुङले दोहोरो नागरिकता लिएको भन्दै असार २ गते उजुरी दिएका थिए। उजुरीसँगै कार्यपा...

धरानको नगर कार्यपालिका बैठकमा फेरि पनि विवाद

९ असार, धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बिहीबार पनि स्थगित भएको छ । कार्यपालिका सदस्यहरुले विनियोजन विधेयक माथिको छलफल गर्दा विवाद सिर्जना गरेपछि बैठक स्थगित भएको हो । धरान उपमहानगरपालिकामा यसअघि पनि वडाध्यक्षहरुविरुद्ध नाराबाजी भएको भन्दै नवनिर्वाचित जनप्रतिनिधिको दोस्रो कार्यपालिका बैठक स्थगित भएको थियो । नगर सभामा विनियोजन विधेयक पेश नहुने कार्यपालिका वैठक स्थगित […]

जब नगर कार्यपालिका बैठकमा बालेनले टेबुल ठोके

६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह आइतबार भएको नगरसभा अघि कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुसँग रिसाएका छन् । कार्यपालिका बैठकमा नगरसभामा प्रस्तुत हुने विषयका बारेमा वडाध्यक्षहरुले प्रश्न गरेपछि विवाद भएको थियो । त्यही क्रममा उनले टेबुल ठोक्दै रिस देखाएका हुन् । कार्यपालिका सदस्यलाई नीति तथा कार्यक्रमबारे जानकारी नै नदिइ छलफल सुरु गरेपछि […]

ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका गठन

फुङ्लिङ । ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका गठन भएका छन् । एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौवटै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएसँगै सबै स्थानीय तहमा कार्यपालिका गठन भएका हुन् । जिल्लाका सबै स्थानीय तहमा कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमार्फत पाँच पालिकामा सत्ता गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ । बाँकी चार पालिकामा […]

म्याग्दीका सबै पालिकामा कार्यपालिका सदस्य चयन

म्याग्दी -म्याग्दीका सबै पालिकामा कार्यपालिका सदस्य चयन भएका छन् । वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको मतदानबाट एक नगरपालिका ५ गाउँपालिका रहेको म्याग्दीमा कार्यपालिका सदस्य चयन गरिएको हो । मंगला, अन्नपूर्ण एमाले एकल बहुमतबाट कार्यपालिका सदस्य चयन भएको छ भने बेनी नगरपालिका, रघुगंगा धवलागिरी गाउँपालिकामा गठबन्धन उम्मदेवार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । भने […]

बाँकेका आठ स्थानीय तहमा कार्यपालिका गठन हुँदै

नेपालगन्ज । बाँकेका आठ स्थानीय तहमा कार्यपालिका गठन सुरु भएको छ । मतगणनाको अन्तिम परिणाम घोषणा भएसँगै कार्यपालिका सदस्य छनोटका लागि निर्वाचन गराउन लागिएको मुख्य निर्वाचन कार्यालय, नेपालगन्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए । उनले कार्यपालिका सदस्य निर्वाचनका लागि सम्बन्धित पालिकामा सम्बन्धित निर्वाचन अधिकृतले निर्वाचन गर्ने उल्लेख गर्दै कार्यपालिका गठनपछि जिल्ला समन्वय समितिको […]

बाँकेका आठ स्थानीय तहमा कार्यपालिका गठन हुँदै

बाँकेका आठ स्थानीय तहमा कार्यपालिका गठन सुरु भएको छ । मतगणनाको अन्तिम परिणाम घोषणा भएसँगै कार्यपालिका सदस्य छनोटका लागि निर्वाचन गराउन लागिएको मुख्य निर्वाचन कार्यालय, नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।उनले कार्यपालिका सदस्य निर्वाचनका लागि सम्बन्धित पालिकामा सम्बन्धित निर्वाचन अधिकृतले निर्वाचन गर्ने उल्लेख गर्दै कार्यपालिका गठनपछि जिल्ला समन्वय समितिको निर्वाचन समेत हुने जानकारी दिए। कार्यपालिका सदस्य निर्वाचनका लागि सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्य

रुकुम (पूर्व)का दुई गाउँपालिकामा कार्यपालिका सदस्य निर्विरोध

रुकुम (पूर्व) को दुई गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन् । सिस्ने र भूमे गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध भएका हुन् । सिस्नेमा चार महिला सदस्य र दुई दलित तथा अल्पसङ्ख्यकबाट उनीहरु सदस्यमा निर्विरोध भएका हुन् । गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका सबै सदस्य नेकपा (माओवादी केन्द्र)का रहेका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । सिस्ने कार्यपालिका सदस्यमा तीर्था पुन, धनकुमारी बुढा खत्री, मीना केसी र सपुरी बुढा निर्विरोध चयन भएका छन् । दलित तथ