हुम्लामा हिमपात, तराईका जिल्लामा हुस्सु र कुहिरो

काठमाण्डाै - हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । हुम्लामा हिमपात भएसँगै चिसो बढेको छ । सदरमुकाम सिमकोट तथा तल्लो क्षेत्रमा आज बिहानदेखि पानी परेको छ । सिमकोटको तापक्रम माइनसमा झरेको छ । चिसोबाट जोगिन सिमकोटका बासिन्दाले आगो ताप्न थालेका छन् । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा पनि हिमपातले चिसो बढाएको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज र भोलि उच्च पहाडी तथा हिमाली जिल्लामा मध्यमदेखि भारी हिमपात हुने मौसमविद्ले बताएका छ...