काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ २० र २१ गते काठमाडौँमा राष्ट्रिय कार्यशाला तय गरेको छ । एमालेका केन्द्रीय कार्यालय च्यासलसमा आज पार्टीका महासचिव शङ्कर पोखरेलको आतिथ्यतामा सम्पन्न केन्द्रीय सङ्गठन विभागको बैठकले उक्त निर्णय गरेको हो । कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश सङ्गठन […]