निर्माण व्यवसायीसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पाण्डेलाई आफू अनुकूल ठेक्का पार्ने प्रयासका क्रममा सार्वजनिक ई–बिडिङ प्रणालीको वेबसाइट ह्याक गरेको आरोप सम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा सार्वजनिक खरिद प्रक्रियामा […]