नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियामा आएपछिका कमजोरीबारे समीक्षा गरेर पार्टीलाई सुदृढ बनाउने बताएका छन् ।
८ औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले गम्भीर समीक्षासहित नयाँ विचार लिएर आउने बताएका हुन् ।
‘महाधिवेशनबाट हामीले आत्मसमीक्षा र आत्मालोचना गर्न खोजेका छौं– शान्ति प्रक्रियामा आएपछि विचार र संगठनमा कहाँ चुक्यौँ ? यो प्रस्तावमा सबभन्दा धेरै आत्मसमीक्षा मैले मेरै गरेको छु,’ प्रचण्डले भने, ‘माओवादी आन्दोलन कमजोर हुनुमा आफैँलाई चिरफा...