प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेरपछि मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ । मन्त्रिपरिषद् विस्तारलगत्तै बसेको बैठकमा मुख्यमन्त्री राईले नयाँ मन्त्रीहरूलाई बधाई दिएका छन् । बधाईसँगै मुख्यमन्त्री राईले मन्त्रीहरूलाई प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम र गठबन्धनको भावनाअनुरुप दत्तचित्त भएको काममा खटिएर परिणाम निकाल्न निर्देशन दिए ।बैठकले मन्त्रिपरिषद्का सदस्य र सचिवालयले अवलम्बन गर्नुपर्ने विषय समेटिएको आचारसंहितालाई अनुमोदन गरेको