मन्त्रीलाई सांसदको प्रश्न– कुन जारको पानी खाने ? कुन जारको नखाने ?

खानेपानी मन्त्री उमाकान्त चौधरीलाई सांसदले कुन जारको पानी खाने र कुन जारको नखाने भनेर प्रश्न गरेका छन् । आगामी आर्थिक वर्षको बजेटअन्तर्गत मन्त्रालयगत छलफलका क्रममा नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले मन्त्री चौधरीलाई कुन जारको पानी खाने र कुन जारको नखाने भनेर प्रश्न गरेकी हुन् ।स्वच्छ पानीको अभाव भएको भन्दै उनले सहरी क्षेत्रमा जारको पानी खान बाध्य हुनु परेको जिकिर गरिन् । बजारमा विभिन्न कम्पनीले जारका पानी विक्री वितरण गर्दै आएको भन्दै ती जारका पानीमध्ये कुन गुणस्तरीय र कुन गुणस्तरहीन छ भन्ने