उदयपुर : उदयपुरको लिम्चुङबुङ गाउँपालिका-३ मा एक युवाको करेन्ट लागेर मृत्यु भएको छ। ताप्ली गाउँपालिका २ स्थायी घर भई लिमचुङबुङ ३ दोबाटेस्थित ससुराली घरमा बस्दै आएका २५ वर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको हो। भैंसी चराउन गएका परियार शुक्रबार दिउँसो १ बजे विद्युतको पोलमा चढ्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।जिल्ला प्रहरी कार्यालय उदयपुरबाट अनुसन्धानका लागि घट्ना स्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। टोली पुगेपछि घटनास्थलको सर्जजमि