उद्योग संगठन र मोरङ व्यापार संघद्वारा राहत सामग्री हस्तान्तरण

विराटनगर (अस) । बेमौसमी वर्षाका कारण आएको बाढी र डुबानबाट प्रभावितका लागि उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले ४ लाख बराबरको खाद्य समाग्री जिल्ला प्रशासन कार्यालय मोरङलाई हस्तान्तरण गरेका छन् । मोरङ व्यापार संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीका अनुसार ४ लाख बराबरको चिउरा, भुजा, चाउचाउ, बिस्कुट र खानेपानीसहितको सामाग्री सहायक प्रमुख जिल्ला अधिकारीद्वय महेश तिम्सिना र शरदकुमार पोखरेललाई हस्तान्तरण गरिएको हो । मोरङमा बाढीको कारण धेरैले घरबारविहीन बन्नु परेको अवस्थामा राहतस्वरूप प्रशासनलाई उक्त सामाग्री दुई चरणमा हस्तान्तरण गरिएको हो ।

सम्बन्धित सामग्री

बढ्दो ब्याजदरविरुद्ध उद्योगीको धर्ना

बैंकहरुले चर्को ब्याजदर लादेको भन्दै औद्योगिक नगरी विराटनगरका उद्योगी व्यवसायीले राष्ट्र बैंक विराटनगर अगाडि धर्ना दिएका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलनको कार्यक्रमबाट पछि नहट्ने घोषणा पनि उद्योगी व्यवसायीले गरेका छन् ।उद्योगी व्यापारीहरुका विभिन्न संघ संगठनहरुले आन्दोलन घोषणा गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जनभन्दा बढी बस्तुगत संघसंस्थाको एैक्यबद्धतामा धर्ना गरिएको हो ।उद्योगी व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र

बैंकिङ नीतिविरुद्ध मोरङका उद्योगी व्यवसायीले गरे प्रदर्शन

नेपालको पहिलो व्यापारिक संस्था मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघले सुयुक्त रुपमा बुधबार विराटनगरमा बैंकिङ नीतिकाविरुद्ध मौन जुलुस प्रदर्शन गरेका छन्।...

मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगी–व्यवसायी आन्दोलित

विराटनगर-संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा वायर, घिउतेल तथा सेनिटरी प्याड उद्योगमा लगाइएको भन्सार शुल्क तथा अन्तःशुल्क वृद्धि गरेको भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगी–व्यवसायी आन्दोलित भएका छन् ।भन्सार तथा अन्तःशुल्क वृद्धिका कारण उद्योगहरू धराशायी हुने अवस्था आएको भन्दै उद्योगीहरू आन्दोलित भएका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ तथा नेपाल उद्योग परिसंघ प्रदेश–१ ले […]

बजेट परिमार्जन नगरे सडक संघर्षमा उत्रने उद्योगीको चेतावनी

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परी संघले बुधबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी बजेटले केही उद्योगलाई मात्रै फाइदा हुने गरी नीतिगत व्यवस्था गरेको आरोप लगाएका हुन्।...

बजेटमा विराटनगरका तीन उद्योगी व्यवसायी संगठनको आपत्ति, सडक बन्द गर्ने चेतावनी

विराटनगरका उद्योगी व्यवसायीका तीन संगठनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।मोरङ व्यापार संघमा बुधबार पत्रकार सम्मेलन गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले मजदुर संगठनहरुसँग मिलेर आन्दोलन गर्ने बताएका हुन् ।उद्योगी पवन कुमार सारडाले सरकारले बुधबार दिनभरिमा पनि आफ्ना माग सम्बोधन गर्ने र बजेटको व्यवस्था सच्याउने प्रतिबद्धता नआए ब

विद्युत् संकटले उद्योगी आक्रान्त, दैनिका १४ घण्टासम्म अघोषित लोडसेडिङ

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश १ ले संयुक्त पत्रकार सम्मेलन गर्दै यस क्षेत्रमा अघोषित लोडसेडिङका कारण उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको बताएका हुन् ।

मेरो देश, मेरै उत्पादनको लोगो राष्ट्रपतिलाई हस्तान्तरण

विराटनगर-मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रारम्भ गरेको मेरो देश, मेरै उत्पादनको अभियानअन्तर्गत तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिवद्धतापत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेको छ ।स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु-याउने लक्ष्य लिई दुवै संस्थाले अभियान सञ्चालन गरेका छन् । सो अवसरमा राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष […]

उद्योग संगठन र मोरङ व्यापार संघको स्वदेशी उत्पादनको प्रवद्र्धन अभियान

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न घरदैलो अभियान थालेका छन् ।मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रदेश राजधानी विराटनगरबाट घरदैलो अभियान सुरू गरेका हुन् । स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्यका साथ सुरु अभियानको दोस्रो चरण प्रारम्भ गरिएको संगठनका अध्यक्ष सुयश […]

खोप खरिदको अनुमति माग्दै प्रदेश १ का व्यवासायी

महामारी नियन्त्रणका लागि आवश्यक कोेरोना भाइरसविरुद्धको खोप आयातको अनुमति दिन निजी क्षेत्रले सरकारसँग माग गरेको छ ।नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघले संयुक्त विज्ञप्ति जारी गर्दै खोप आयातको अनुमति प्रदान गर्न माग गरेको हुन् । महामारी नियन्त्रण र अर्थतन्त्रमा परेको नकारात्मक प्रभावको अन्त्यका लागि खोप आयातको अनुमति निजी […]