गैह्र आवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ । सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उनका पक्ष–विपक्षमा कार्यसमितिका सदस्य आरोप प्रत्यारोपमा उत्रिएका छन ।कमिटीमा मृतकको परिवारबाट लिएको बीमा वापतको रु एघार लाख अनियमितता भएको विवाद छ । विवाद तत्काल समाधान नभएपछि छानबिनका लागि अन्तर्राष्ट्रिय समितिमा लिखित आग्रह गरिएको छ । यो विवादले राजनीतिक रुप लिने समेत देखिएको छ ।एनआरएनए, जापानभित्र भ्रष्टाचारको आरोप यसअघि सन २०१७ मा पनि लाग