चुनावी तालमेलविरुद्ध नजान मातहत कमिटीलाई काँग्रेसको निर्देशन

नेपाली काँग्रेसले सत्ता गठबन्धनका विरुद्धमा नजान मातहतका कमिटीलाई निर्देशन दिएको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठकले गठबन्धनका विरुद्धमा नबोल्न र नजान निर्देशन दिएको हो ।बैठकमा पार्टी उपसभापति तथा समितिका संयोजक पूर्णबहादुर खड्काले गठबन्धनका बाध्यता बुझिदिन कार्यकर्तालाई आग्रह पनि गरेको थिए । उनले भने, ‘अहिले गठबन्धन हाम्रो रहर होइन । बाध्यता हो । केपी ओलीले संविधान उल्लंघन गरी प्रतिगमन झल्किँदै सरकार सञ्चालन गरेपछि बाध्य भएर