केन्द्रीय बैंकका रूपमा २०१३ सालमा स्थापित नेपाल राष्ट्र बैंकले मौद्रिक नीति स्पष्ट रूपमा जारी गर्ने परम्परा अपनाएको देखिँदैन । तथापि नेपाल राष्ट्र बैंक ऐन, २०५८ जारी भएपछि आर्थिक वर्ष २०५९÷६० देखि सार्वजनिक रूपमै मौद्रिक नीति जारी गर्ने काम सुरु भयो । यसका अतिरिक्त अर्धवार्षिक रूपमा मौद्रिक नीतिको समीक्षा गरी आवश्यकताअनुरूप केही परिवर्तनसमेत गर्ने गरिएको देखिन्छ । मौद्रिक नीति भन्नाले सरकार एवम् मौद्रिक अधिकारीले गर्ने मुद्रा, साख र ब्याजदर सम्बन्धी नियन्त्रणको प्रक्रिया भन्ने बुझिन्छ । वृहद् अर्थमा भने मुद्रा, कर्जा (साख), विनिमय दर र ब्याजदरजस्ता मौद्रिक उपकरणको व्यवस्थापन र नियन्त्रण गर्ने कार्यलाई बुझिन्छ । यम गर्न कठिन हुन्छ । अर्कातर्फ आर्थिक क्रियाकलाप विस्तारले गति लिएसँगै आयात बढ्ने, वैदेशिक मुद्रा सञ्चितिमा कमी आउने बाह्य क्षेत्र सन्तुलन गुम्न सक्ने चुनौती हुन्छ ।