काठमाडौं : नजिकिँदै गरेको दशैँ, तिहारलगायतका चाड पर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।दशैँ, तिहार तथा छठ पर्वको समयमा आवतजावत गर्ने यात्रुहरूको चाप बढ्ने भएकाले यात्रुहरुलाई सहयोग गर्ने उद्देश्यले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो।बुधवार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कुराको जानकारी गराएको छ। कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी,