गण्डकी प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्मार्ट लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको छ । नेपाल सरकारको निर्देशनमा शिक्षा मन्त्रालयले कोरोना महामारीको जोखिम बढेको भन्दै आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेसँगै प्रदेश सरकारले पनि कडाइका साथ स्मार्ट लकडाउनको प्रक्रिया अवलम्बन गर्ने भएको हो । सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय निर्देशक समितिको बैठकले ‘कोभिड संक्रमण कार्यविधि २०७८ कार्यान्वयन’लाई थ