रूपन्देहीको बुटवल उपमहानगरपालिकामा भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठान गठन भएको छ ।
आइतवार प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूलाई शपथ गराइएको छ ।
भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र विकासका लागि स्थानीय तहबाट स्थानीय स्तरको प्रज्ञा प्रतिष्ठानको मोडलमा पालिकाले कानून बनाएर गठन भएको प्रतिष्ठान हो ।
उपमहानगरका प्रमुख एवम् प्रतिष्ठानका प्रमुख संरक्षक शिवराज सुवेदीले आइतवार प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीलाई शपथ गराए ।