प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सर्वोच्च अदालतले अन्तरिम आदेश अस्वीकार गरेसँगै उक्त मुद्दामा जेठ १७ गतेबाट पूर्ण सुनुवाइ हुने भएको छ । सर्वोच्चले उक्त मुद्दाको आगामी पेशी जेठ १७ गतेलाई तोक्दै अग्राधिकारसमेत प्रदान गरेको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगै अब नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी महानिरीक्षककै हैसियतमा नियमित कामकाज गर्न पाउने भएका छन् । अब यस मुद्दाको अन्तिम किनारा लागेको दिन फैसला अनुसार नै हुने हुँदा त्यसभन्दा अगाडि सिंहले नै