स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको उमेर समूहमा रहेका बालबालिकालाई खोप लगाउने तयारी सुरु गरेको छ ।केही दिनभित्र १२ वर्षभन्दा माथिका बालबालिकालाई अमेरिकाको मोडेर्ना खोप लगाउने तयारी भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी जानकारी दिए । बालबालिकालाई देशव्यापी रूपमा खोप लगाउन सरकारले चार चरणमा माग गरेको २० लाख मात्रा खोप तयारी अवस्थामा रहेको उनले बताए । […]