फोहोरमा राजनीति

काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिकाका बासिन्दाले अवरोध गरेपछि काठमाडौंको फोहोर व्यवस्थापनमा फेरि समस्या देखिन थालेको छ । प्राय: वर्षाका बेलामा स्थानीयले फोहोर फाल्न अवरोध गर्ने गरेको पाइन्छ जसको निरन्तरता यस वर्ष पनि भयो । गत वर्ष पनि यस्तै भएपछि सम्झौता भएर फोहोर फाल्न थालिएको थियो । अहिले त्यही सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।  फोहोर व्यवस्थापनको काम पूर्णतया स्थानीय सरकारको हो । त्यसो हुँदा संघीय सरकारको उपस्थिति यो समस्याको समाधानमा देखिनु हुँदैन र खोजिनु पनि हुँदैन । महानगरपालिका आफै एउटा कर्पोरेट बडी हो । उसले कानूनी व्यक्तिसरह सम्झौता गर्न सक्छ । तर, आफूले गर्ने कामका लागि संघीय सरकारको मुख ताक्ने र संघीय सरकारले पनि बीचमा बसेर स्थानीय बासिन्दासँग सम्झौता गर्ने गरेको छ जुन संघीयताको मर्मविपरीत छ । खासमा कुनै नगरपालिका वा महानगरपालिकाले आफूले उत्सर्जन गरेको फोहोर आफै व्यवस्थापन गर्न सक्नुपर्छ । तर यसमा अधिकांश पालिकाहरू असफल देखिएका छन् । नेपालमा निर्मित मेसिनले जापानको शहरमा फोहोर व्यवस्थापन गर्न सकिएको छ भने नेपालकै शहरमा चाहिँ त्यो किन प्रयोग हुन सकेन ? त्यस्तै फोहोर व्यवस्थापनका लागि फोहोर जलाउने, मल बनाउने र बिजुली निकाल्ने काम किन महानगरले गर्न सकेन ? बन्चरेडाँडाका स्थानीयसँग कुहिने र नकुहिने फोहोर अलग गरी विर्सजन गर्ने भनी सम्झौता गरेको महानगरले अहिलेसम्म त्यस्तो व्यवस्था किन गर्न सकेन ? आफूले गरेको सम्झौताअनुसार काम गर्न नसकेकै कारण महानगरले संघीय सरकारको सहयोग खोजेको र आफै समाधानमा नलागेको देखिन्छ । संघीय सरकारप्रति स्थानीय सरकारले फोहोर व्यवस्थापनजस्तो आफैले गर्नुपर्ने काममा आशामुखी हुनु संघीयताको बलियो अभ्यास हुँदै होइन । फोहोर व्यवस्थापनको काम पूर्णतया स्थानीय सरकारको हो । त्यसो हुँदा संघीय सरकारको उपस्थिति यो समस्याको समाधानमा देखिनु हुँदैन र खोजिनु पनि हुँदैन । काठमाडौंबाट फोहोर व्यवस्थापनका लागि जुन छिमेकी पालिकाहरूमा लगिन्छ तिनले काठमाडौंका फोहोर फाल्न किन दिने ? फोहार फाल्ने र फोहोर फाल्न दिने पालिकाहरूबीच स्वार्थ र लेनदेन मिल्छ भने एक ठाउँको फोहोर अर्को पालिकामा लगेर फाल्न सकिन्छ । तर यसमा दुवै पक्षले आआफ्नो फाइदा हेरेर करार गर्नु आवश्यक हुन्छ । यस्तो करार ५० वा सय जति वर्षका लागि पनि हुन सक्छ । तर, दुवै पालिकाहरू आफूले गरेको करारमा अडिग रहनुपर्छ, त्यसको पालना इमानदारीका साथ गर्नुपर्छ । नेतृत्व फेरियो भनेर पछि हट्नु पनि हुँदैन । यस्ता करार गर्ने निकाय अविच्छिन्न उत्तराधिकारी हुन् भन्ने कुराको हेक्का हुन सक्नु पर्छ ।  अहिलेजस्तो आश्वासन दिने अनि त्यो बिर्संदै जाने हो भने फोहोर व्यवस्थापन सदाबहार समस्या रहिरहन्छ । महानगर र संघीय सरकारले यस्तै चाहेको जस्तो देखिन्छ । यस्तो शैलीमा सुधार नभएसम्म जनप्रतिनिधिले कहिले नयाँ काम गर्न सक्लान् ? एकातिर विवाद सृजना गर्ने र सोही विवाद समाधान गरेर काम गरेको देखाएजस्तो गर्नु जनताले दिएको जिम्मेवारी विपरीत हो । जनताको मतको अपमान हो ।  सम्बन्धित पालिकाहरूबीच आपसी स्पष्ट करार हुने हो भने यसमा संघीय सरकार छिर्नै पर्दैन । शर्त पूरा नगरे फोहोर फाल्न अवरोध हुन्छ र हुनु पनि पर्छ । त्यसलाई अन्यथा लिनु हुँदैन । ककनी र धुनीबेसी पालिकाको माग पूरा गर्न काठमाडौं महानगरपालिकालाई स्रोतको समस्या खासै देखिँदैन । अहिले फोहोर उठाउन प्रत्येक घर ४/५ सय उठाउने गरिएको छ । त्यही रकम परिचालन गर्दा पनि स्थानीयको माग पूरा गर्न सकिन्छ । तर, अभाव भने प्रतिबद्धताकै देखिन्छ । यो समस्याको दिगो समाधानमा न महानगरको चासो देखिन्छ, न संघीय सरकारको न त बन्चरेडाँडाका स्थानीयको नै ।  त्यसैले संघीय सरकारको सहयोगविना काठमाडौं महानगर र त्यहाँ फोहोर विसर्जन गर्ने अन्य नगरपालिकाहरूले सम्झौता गरेर यसको दिगो समाधान खोज्नु पर्छ । अहिले फोहोर फालिरहेकै पालिकामा निर्भर भइरहनु पर्छ भन्ने पनि छैन । लाभ हुने भयो भने अन्य पालिका पनि त्यसका लागि इन्छुक हुन सक्छन् । तर, यसका लागि काठमाडौंले पहल गर्नुपर्छ । प्रतिस्पर्धा सृजना गर्नुपर्छ । यही संघीयताको सही अभ्यास हुन्छ ।

सम्बन्धित सामग्री

मेयरहरू, फोहोरमा राजनीति नगरौँ !

२०७९ वैशाखमा काठमाडौँमा स्वतन्त्र मेयरका रूपमा युवा बालेन साह निर्वाचित हुँदा धेरैमा ठूलो उत्साह थियो । आज २०८० को मध्यतिर आइपुग्दा त्यो निराशामा बदलिएको छ ।...

फोहोरमा राजनीति नहोस्

एक सातादेखि तीन भीभीआईपी निकायमा फोहोर उठ्न सकेको छैन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अराजक गतिविधिको कारण फोहोर उठ्न नसकेको हो । सिंहदरबार र बागदरबारको सम्बन्ध सुमधुर राख्नुको साटो चिढ्याउन खोज्नु पूर्ण गलत हो । मेयर साहले एक सातादेखि शीतलनिवास, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर संकलन रोकेपछि समस्या बढेको छ । फोहोर संकलन र […]

राप्रपाले फोहोरमा राजनीति गर्ने फोहाेरी काम गर्दैन: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले फोहोरमा राजनीति गर्ने जस्तो फोहाेरी काम नगर्ने बताएका छन् । काठमाडौंको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको पनि संलग्नता भएको भन्ने समाचारको सामाजिक संजालमार्फत खण्डन गर्दै राप्रपा फोहरमा राजनीति गर्ने जस्तो फोहरी काम नगर्ने बताएका हुन् । फोहर बोकेका गाडीहरू अवरूद्ध गर्ने काममा राप्रपाको संलग्नता […]

'फोहोरमा राजनीति नगराैँ' भन्दै बालेनकाे पक्षमा युवाहरूकाे प्रदर्शन (तस्वीरहरू)

स्वतन्त्र नागरिक युवाहरूले काठमाडाैंकाे बालुवाटारमा प्रदर्शन गरेका छन् । 'फोहोरमा राजनीति नगरौँ' भन्ने प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका हुन् ।

फोहोरमा राजनीति गरेर बालेनलाई असफल नबनाऔं : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले फोहोरमैला व्यवस्थापनमा राजनीति नगर्न आग्रह गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई केही गरौँ भन्ने सोच भएको व्यक्तिका रूपमा चित्रित गर्दै यसमा राजनीति नगर्न आग्रह गरेका हुन् ।

बालेन साहलाई असफल बनाउनु हुँदैन : थापा

३१ साउन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले फोहोरमा राजनीति गर्ने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् । बालेन ‘केही गरौं’ भन्ने सोच भएको व्यक्ति भन्दै थापाले उनलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । थापाले आज ट्वीटरमार्फत् उक्त धारणा राखेका हुन् । बालेनले एक वर्षभित्र फोहोरको दीर्घकालीन […]

गगन थापा भन्छन् : फोहोरमाथिको राजनीति स्वीकार्य हुँदैन

३० साउन,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोरमा राजनीति जो सुकेले गरे पनि स्वीकार्य नहुने बताएका छन् । नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा राखेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोहोरको विषय संवेदनशील भएकोले एक ठाउँमा बसेर छलफल गर्नुको विकल्प नभएको बताए । उनले जुनसुकै दल सहभागी भए पनि […]

फोहोरमा राजनीति नगरौं: साह

'असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ?। राजनीति त्यस्तो हुदैन। यसमा हेक्का राखौँ।' उनले आफ्नो फेसबुकमा लेखेका छन्।

फोहोरमा राजनीति कि राजनीतिमा फोहोर

मनसुन सुरु भएसँगै काठमाडौं उपत्यकामा विगत दुई सातादेखि उठ्न नसकेको फोहोर कुहिने तथा गन्हाउने हुन थालेको छ । यसबाट वर्षायाममा काठमाडौं उपत्यकामा संक्रमणजन्य रोग फैलन सक्ने खतरा उत्तिकै छ । यसै पनि कोरोना कहरबाट बिस्तारै उत्रन लागेको काठमाडौं खाल्डोमा आर्थिक गतिविधि बढ्न थालेका कारण भीडभाड छ । सहर–बजारमा फुटपाथमा फोहोरसँगै विभिन्न व्यवसाय पनि चलिरहेको छ, […]

सिसडोलवासी आन्दोलनमा उत्रिएपछि फोहोरका गाडी रोकिए (फोटोफिचर)

काठमाडौं, २५ फागुन । सिसडोल तथा बञ्चरेडाँडा ल्यण्डफिलसाइट प्रभाबित क्षेत्रका स्थानिय नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौंको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोलका स्थानिय बासिन्दाहरु अन्तिम संघर्ष भन्दै पुनः आन्दोलन उत्रेका हुन् । काठमाडौबाट फोहोर बोकेर गएका गाडीहरु रोकिएका छन् । उनीहरुले फोहोरमा राजनीति गर्नेहरु होशियार, फोहोर रहित मानव मानव रहित फोहोर, फोहोर हामीलाई चाहिदैन् जनता […]