यस्तो छ चुच्चे नक्शा अंकित २ रूपैयाँको सिक्का

नेपाल राष्ट्र बैंकले शुक्रवारबाट नेपालको चुच्चे नक्शा अंकित नयाँ दुई रूपैयाँको सिक्का बजारमा पठाएको छ ।  राष्ट्र बैंकले साविककै आकार र रंगमा पुरानो नक्शालाई विस्थापन गरेर सातै प्रदेशसहित चुच्चे नक्शा पनि समावेश गरेको उल्लेख छ ।  राष्ट्र बैंकले जारी गरेको दुई रूपैयाँको सिक्का चलनचल्तीमा ल्याउने सूचनासँगै नक्शामा लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितका भूभाग समेटिएको नक्शासहितको सिक्का प्रयोगमा ल्याएको जनाएको छ । राष्ट्र बैंकका अनुसार सातै प्रदेश समावेश भएको उक्त नक्शासहितको सिक्का पहिलोपटक चलनचल्तीमा ल्याइएको हो...