काठमाण्डौ – वैदेशिक रोजगार विभागले रोजगार इजाजतप्राप्त संस्था अर्थात् म्यानपावरसँग मलेसियामा कामदार पठाउँदाको सम्पूर्ण विवरण मागेको छ ।
नेपाल र मलेसिया सरकारबीच सन् २०१८ मा भएको द्वीपक्षीय सम्झौताअनुसार नेपाली श्रमिकलाई आतेजाते हवाइ टिकट, भिसा जारी तथा नवीकरण दस्तुर, लेबी लगायतका शुल्कहरु रोजगारदाताले नै बेहोर्ने व्यवस्था छ । तर मलेसियामा नेपाली श्रमिक पठाउँदा म्यानपावर कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको र श्रमिकबाट सम्झौता विपरीत रकम लिने गरेको भन्दै मलेसियामा श्रमिक पठाएको हरहिसाब विभागले मागेको हो ।...