न्यायाधीश काममा फर्किए‚ वकिलको आन्दोलन जारी

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गदै आन्दोलनरत कानुन व्यवसायीहरुले आज देशैभरका अदालतमा काम ठप्प पार्ने भएका छन्। कानून व्यवसायीहरुले आज हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत र न्यायाधिकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने भएका हुन्। नेपाल बार एशोसिएशनको नेतृत्वमा गत कार्तिक १४ गतेदेखि विभिन्न चरणको आन्दोलन जारी राखेका कानुन व्यवसायीले हिजो सबै राजनीतिक दलको संसदीय दलको कार्यालयमा पुगेर