पण्डित नारायण पोखरेलको स्मृतिमा राष्ट्रिय पुरस्कार घोषणा

वाचन शिरोमणि पण्डित स्वर्गीय नारायणप्रसाद पोखरेलको स्मृतिमा राष्ट्रिय पुरस्कार घोषणा गरिएको छ ।नारायण पोखरेल प्रतिष्ठानले स्वर्गीय पोखरेलको ६८ औँ जन्मजयन्तीको अवसर पारेर मंगलबार राष्ट्रिय पुरस्कार घोषणा गरेको हो । प्रतिष्ठानको केन्द्रीय कार्यालयमा सीतापाइलामा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका प्रमुख संरक्षक वाचन पण्डित दिनबन्धु पोखरेलले स्वर्गीय पोखरेलको नाममा रु ५० हजार एक नगदसहितको पुरस्कार घोषणा गरेका हुन् ।नेपालको आध्यात्मिक र धार्मिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान