स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको उपचार सरकारी अस्पतालमा मात्र निशुल्क हुने बताएको छ ।
संक्रमितहरुको संख्या दिनहुँ घट्न थालेपछि मन्त्रालयले कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र निशुल्क हुने बताएको हो । अबदेखि नीजि अस्पतालहरुको बिलभर्पाइ सरकारले बेहोर्दैन । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले संक्रमितको संख्या घटेकोले सरकारी अस्पतालमा मात्र उपचार गर्दा निशुल्क हुने जानकारी दिनुभयो ।