पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संविधान मिचेर संसद विघटन गर्नुभयो । त्यसैले तत्कालीन नेकपा र एमालेभित्र गम्भीर समस्या र सङ्कट उत्पन्न भयो । संविधान र संसद जोगाउने उद्देश्यले पार्टीभित्र अन्तर विरोध चर्किँदै जाने अवस्था बन्यो । यसले आफ्नै सरकार हट्ने स्थिति उत्पन्न भयो र पार्टीभित्र चर्को अन्तरविरोध सिर्जना भयो ।
त्यसको बाबजुद पनि वार्ता, संवादहरु चलिरहे । कार्यदलहरु बने । दश जनाको कार्यदलले पार्टी एकता सम्बन्धी एउटा दश बुँदे प्रस्ताव तयार गर्यो । माधव कुमार नेपाल र केपी ओलीसँग बारम्बार छलफल गरेर उहाँहरुको छलफलको आधार...