पाँचथर – पाँचथर जिल्ला अस्पतालले प्रसूति सेवामा अब्बल सेवा प्रदान गर्दै आएको छ । विगतका तीन आर्थिक वर्षमा यस अस्पतालले बर्सेनि एक हजारभन्दा बढी महिलालाई सुत्केरी गराएको छ ।
यस अस्पतालले प्रसूति सेवा दिएका महिलाको सङ्ख्यामा बर्सेनि वृद्धिसमेत भइरहेको छ । यस्तै शल्यक्रियामार्फत सुत्केरी गराइएको सङ्ख्यासमेत वार्षिकरूपमा वृद्धि भइरहेको अस्पतालको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७५/०७६ मा यस अस्पतालले एक हजार ९८ महिलालाई सुत्केरी गराएको थियो । तीमध्ये एक सय ४३ जनाको शल्यक्रिया गरिएको थियो । यस्तै आव २०७६/०७७ मा अस्पतालले एक ...