म्याग्दी : गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले केही व्यक्तिले ‘नक्कली शरणार्थी’ प्रकरणमा आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजेको बताएका छन्। राजनीतिक र व्यक्तिगत प्रतिशोधका कारण यस्तो गरिएको उनको भनाइ छ।नेकपा माओवादी केन्द्र म्याग्दीको पार्टी कार्यालयमा शनिबार जुग्जालीले केही अनलाइनले प्रकाशन गरेको नक्कली शरणार्थी बनाई अमेरिका पठाउन पैसा लिएको भन्ने समाचार खण्डन गरेका हुन्।आधिकारिक पुष्ट्याइँ, प्रमाण र तथ्यविना आफ्नो नाम र तस्विर प्रयोग गरी केही अनलाइनले प्रकाशन गरेक