१५ साउन, काठमाडौं । २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको गेटमा बरामद गरिएको १०० किलो तस्करीको सुन र यसको कनेक्सन पछ्याउँदै जाँदा राजस्व अनुसन्धान विभाग सुन तस्करीको एकपछि अर्को जालो पहिल्याउन सफल भएको छ । सुन समातिएको दुई सातामा अनुसन्धानको अन्तिम घेरानजिक पुगेको दाबी गरिरहेको विभाग शनिबार टोखामा तस्करको कारखाना नै भेटिएपछि भने झस्किएको छ […]