युनियन लाइफ पनि मर्जरमा जाने, डीडीएका लागि मूल्यांकनकर्ता खोज्न सञ्चालकलाई अख्तियारी

वैशाख २३, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो बार्षिक साधारण सभा शुक्रवार भैरहवामा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६।७७ को बार्षिक साधारण सभाले कम्पनीलाई मर्जर सम्बन्धि निर्णय गर्ने र विस्तृत लेखा परीक्षण (डीडीए) गर्ने अख्तियारी सञ्चालक समितिलाई दिएको छ । बीमा समितिले २०७९ चैत्र मसान्तभित्र जीवन बीमा कम्पनीको चुक्तापूँजी ५ अर्ब पुर्‍याउन निर्देशन दिएको थियो । कम्पनी मर्जरको लागि बिस्तृत लेखा परीक्षण गर्नका लागि मुल्यांककर्ता नियुक्त गर्न पनि सभाले सञ्चालक समितिलाई नै अख्तियारी दिएको कम्पनीले बताएको छ । सो साधारण सभाले कम्पनीको नयाँ सञ्चालक चयन गरेको छ । सभाले कम्पनीको संस्थापक समूहतर्फ शुलभ अग्रवाल, संदिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल, सिमा गोल्छा र सर्वसाधारण समूह तर्फ सिताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन गरेको हो । निर्वाचित सञ्चालकहरुको आजै बसेको सञ्चालक समितिको बैठकले सञ्चालक शुलभ अग्रवाललाई अध्यक्षमा चयन गरेको छ । यसैगरी सो साधारण सभाले सञ्चालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ती सर्वसम्मत रुपमा गरेको छ । यस्तै सभाले प्रमुख कार्यकारी अधिकृत र स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति भएको बिषयलाई सर्वसम्मतीले अनुमोदन गरेको छ । त्यस्तै बीमा समितिले तोकेको समयभित्र ५ अर्ब चुक्तापूँजी पुर्‍याउन अन्य जीवन बीमा कम्पनी बीच एक आपसमा मर्ज हुने (गाभ्ने/ गाभिने), प्राप्ति गर्ने एक्विजिशन) गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।  उक्त बार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले मन्तब्य राख्दै आगामी दिनमा कम्पनीको कामकारवाही तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाई कम्पनीको ब्यवसाय विस्तार गर्ने र शेयरधनीहरुको चाहना अनुसार कार्यसम्पादन स्तर उच्च स्तरमा वृद्धि गर्ने बताए । यसैगरी सञ्चालक संदिप कुमार अग्रवालले शेयरधनीहरुलाई उच्च प्रतिफल प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए । यस्तै प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले आगामी दिनमा कम्पनीको कामकारवाहीलाई प्रभावकारी बनाई नयाँ उचाईमा पुर्‍याउने जानकारी गराए । कम्पनीका अध्यक्ष शुलभ अग्रवालको अध्यक्षतामा भएको सभाको सञ्चालन कम्पनी सचिव ईश्वर कुमार सेडाईले गरेका थिए भने कम्पनीको उच्च व्यस्थापनबाट उपप्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल, कम्पनीको लुम्बिनी प्रदेशका प्रादेशिक प्रमुखलगायत अन्य शेयरधनीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित सामग्री

प्राइम, गुराँस र युनियन लाइफ मर्जर, बन्यो हिमालयन लाइफ

काठमाडौं, २७ बैशाख । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा भएका छन्। मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहेको छ। प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स १:१:१ सेयर अनुपातमा गाभिएका हुन्।

युनियन लाइफ इन्स्योरेन्सद्धारा प्रहरीहरुलाई बीमा सम्बन्धि सचेतना प्रदान

तनहुँ, साउन ३१ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेश मातहतको दुलेगौंडा शाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । गण्डकी प्रदेश दङ्ग नियन्त्रण प्रहरी गण ढोरफिर्दी तनहुँमा बीमा को महत्व र फाइदा बारे जनस्तर हुँदै रास्ट्रसेवकसम्म पनि पुगोस बन्ने हेतुले उक्त कार्यक्रम सम्पन्न गरिएको हो । दुलेगौंडा शाखा प्रमुख ओमकार नागिलाको सभापतित्वमा सम्पन्न […]

युनियन लाइफ इन्स्योरेन्सद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी

काठमाडौं, साउन १५ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धुम्बाराही शाखाले बीमित कान्छि घिसिङलाई घातक रोग वापतको दाबी भुक्तानी गरेको हो । बीमित घिसिङले २०७७ मंसिर २५ गते युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा घातक रोग प्लस गरी जीबन बीमा गरेकी थिइन् । करिब डेढ महिनाअघि उनलाई […]

बिमालेख नवीकरण गर्दा युनियन लाइफ इन्स्योरेन्सको छुट

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बिमालेखको नवीकरणमा ब्याज छुट दिने भएको छ । कम्पनीले एक महिनासम्म शतप्रतिशत ब्याज छुट दिन लागेको हो ।दुई वर्ष अघिदेखि व्यतीत भएका बिमालेखहरुको नवीकरण गराउँदा लाग्ने बिलम्ब शुल्क, ब्याजमा आवश्यक प्रक्रिया पूरा गरी १३ वैशाखदेखि १५ जेठसम्मका लागि शत् प्रतिशत छुट गरिएको कम्पनीले जनाएको छ । उक्त ब्याज छुटको लाभ […]

युनियन लाइफ इन्स्योरेन्सको आम्दानी २२.८१ प्रतिशतले वृद्धि

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ ।चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन २२.८१ प्रतिशतले बढेर एक अर्ब ८३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ४९ करोड रुपैयाँ थियो ।कम्पनीको जीवन बिमा कोष […]

युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रार नियुक्त

प्रभु क्यापिटल युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रार नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि युनियन लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । साउन १ गतेदेखि लागू हुने गरी युनियन लाइफले २ वर्षका लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।युनियन लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, […]

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट,  पाँच लाख ८० हजार ५०० जनाले पाए शेयर

काठमाडौँ / युनियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज साँझ शेयर

युनियन लाइफ इन्स्योरेन्सलाई आइपिओ निष्कासन गर्न बोर्डले दियो अनुमति

काठमाडौं, १४ असार । युनियन लाइफ कम्पनीले आज आइपिओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई आइपिओ निष्कासनको लागि अनुमति दिएको हो। बोर्डको अनुसार युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख ५० हजार कित्ता आइपिओ निष्कासनका लागि स्वीकृति पाएको हो । इन्स्योरेन्सले कुल पुँजीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने […]

युनियन लाइफ इन्स्योरेन्स र तेह्रथुम पावरलाई आइपिओ निष्कासनको स्वीकृति

नेपाल धितोपत्र बोर्ड थप दुई कम्पनीहरुलाई आइपिओ निष्कासनको स्वीकृति दिएको छ। बोर्डले तेह्रथुप पावर र युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई आइपिओ निष्कासनको लागि स्वीकृति दिएको हो।