नक्कली चिप्स र कुरकुरेको गोदाम फेला, कारवाही गर्न शिलबन्दी

काठमाडौंको धापासीमा नक्कली चिप्सको गोदाम फेला परेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले गोल्डेन नेपाल प्राइभेट लिमिटेडले समय सकिएको लेज कुरकुरेमा डेट थपेर बिक्री गर्दैगर्दा गोदाम फेला पारेको छ । वाणिज्य विभाग र काठमाडौंका सहायक सीडीओको टोलीले गोदाममा शिलबन्दी गरेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।