काठमाण्डाै - दशैँ सुरु भएसँगै दुर्घटना बढेका छन् । पछिल्लो पाँच दिनमा मात्रै दुर्घटनामा परेर ४० जनाको ज्यान गएको छ ।
मुगुमा अस्ति भएको दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो भने सोमवार कास्कीको घान्द्रुकमा भएको दुर्घटनामा आठ जनाको ज्यान गएको थियो । हरेक वर्षको चाडपर्वमा यस्ता दुर्घटना हुने गरेका छन् ।
चाडपर्वको समयमा यात्रुको आवतजावत धेरै हुने गरेकाले र यही समयलाई व्यवसायीले कमाउने राम्रो सिजनको रुपमा लिने गरेकाले चाडबाडको समयमा दुर्घटनाका घटना धेरै हुने गरेका ट्राफिक प्रहरीले जनाएको छ । यसरी गाडी दुर्घटना हुनमा अरु ...