काठमाडौँ- भारत सरकारको अनुदान सहायतामा पर्वत जिल्लाको कुश्मा नगरपालिकामा रहेको एक विद्यालयको कम्प्युटर भवनको उद्घाटन भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका १० पिपलटारमा अवस्थित पूर्णेश्वर माध्यमिक विद्यालयका लागि निर्माण गरिएको कम्प्युटर भवनको भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उद्घाटन गरेका हुन् । सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत १ करोड […]