जम्मु हवाई अड्डामा ड्रोनबाट गराइयो दुई बिस्फोट

एजेन्सी। भारतीय सेनाको सुरक्षा घेराभित्र रहेको जम्मू हवाई अड्डामा गए राती दुईवटा बिस्फोट भएका छन्। सेनाको प्राविधिक क्षेत्रमा पाँच मिनेटको अन्तरमा दुई बिस्फोट भएका थिए। बिस्फोट पी–१६ ड्रोनबाट गराइएको भारतीय सेनाले जनाएको छ। बिस्फोटले घरहरुमा सामान्य क्षति पुर्याएको छ। घटनापछि जम्मुमा उच्च सतर्कता अपनाइएको जनाइएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।

सम्बन्धित सामग्री

बम बनाउने क्रममा बिस्फोट हुँदा नेपालगन्जमा दुईजना घाइते

बुधबार बेलुकी ८:१० बजेतिर घरभित्र बम बिस्फोट भएको हो। नेत्र बिक्रम चन्द नेतृत्वको विप्लप समुहका कार्यकर्ताले बम बनाउने क्रममा बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।...

प्रचण्ड सहभागी कार्यक्रममा बम बिस्फोट

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको कार्यक्रमस्थल नजिकै बुधबार बम बिस्फोट भएको छ। भोजपुरको तिवारी भन्ज्याङमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक जना व्यक्तिले बोकेको बम बिस्फोट भएको हो। कुन बम हो र कस्ले बिस्फोट गराएको हो भन्नेबारे थप जानकारी आउन बाँकी छ। बम विस्फोटबाट मानवीय क्षति भने भएको छैन। प्रहरीले […]

इटहरीमा राति सुतली बम बिस्फोट

सुनसरी – सुनसरीको इटहरीमा सोमबार राति सुतली बम बिस्फोट भएको छ। इटहरी–२ को नवजागृति टोलमा सुतली बम बिस्फोट हुँदा दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार इटहरी–२ नवजागृति टोलमा रहेको अमित श्रेष्ठको घरमा बिस्फोट भएको हो। श्रेष्ठको घरमा डेरा गरी बस्ने २२ वर्षीय २२ बर्षिया रबिन थापा र लमजुङ […]

भारतको लुधियानास्थित अदालतभित्र बिस्फोट : दुईको मृत्यु, ४ जना गम्भीर घाइते

भारतको पञ्जाबस्थित लुधियानामा बिहिबार अदालतमा  बिस्फोट भएको छ । बिस्फोट अदालको तेस्रो तलामा भएको हो  । उक्त बिस्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  बताएको छ । यसमा ४ जना गम्भीर रुपमा घाइते छन् । यो बिस्फोट तेस्रो तलमा कोर्ट नम्बर ९ नजिकै बाथरुममा भएको हो । बिस्फोट हुँदा अदालतको पूरा […]

हाइटीमा तेल ट्यांक बिस्फोट, ६० जना भन्दा बढीको मृत्यु

हाइटीमा एक तेल ट्यांकरमा बिस्फोट हुँदा ६० जना भन्दा बढीको ज्यान गएको छ। तेल ट्यांकर दुर्घटनामा परेको केहीबेरपछि बिस्फोट भएको स्थानीय सञ्चारमाध्यम तथा स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा परेको ट्यांकरबाट चुहिएको तेल स्थानीयले थापिरहेका बेला बिस्फोट भएको हो। स्थानीय अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । प्रधानमन्त्री एरिएल हेनरीले तीन दिनको […]

भारतीय सेनाको पञ्जाब पठानकोटस्थित क्याम्पको गेटमा बम बिस्फोट

भारत पञ्जाबको पठानकोटमा भारतीय सेनाको क्याम्पको गेटमा बम बिस्फोट भएको छ। क्याम्पको त्रिवेणी गेटमा ग्रेनेड बिस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनापछि पठानकोटका सबै क्षेत्रमा सतर्कता जारी गरिएको छ। आइतबार अबेर राति भएको बिस्फोटमा मानवीय क्षति नभएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बिस्फोट भएको क्षेत्रको सिसिटिभी फुटेजको जाँच गरी आक्रमणकारीको पहिचान […]

लिभरपुलको अस्पताल अगाडि बिस्फोट, एकजनाको मृत्यु

बेलायतको लिभरपुलमा अस्पताल बाहिर कार बिस्फोट हुँदा एकजनाको ज्यान गएको छ । लिभरपुलको महिला अस्पताल बाहिर बिस्फोट भएको हो । घटनामा संलग्न भएको अभियोगमा तीनजना पक्राउ परेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उनीहरुमाथि आतंकवादी कानुन अन्तर्गत छानबिन भइरहेको छ । नेपाली समय अनुसार आइतबार बेलुका पौने पाँच बजे बिस्फोट भएको हो । […]

जर्मनीको केमिकल प्लान्ट बिस्फोट, कम्तीमा एकजनाको मृत्यु

जर्मनीको एक केमिकल (रसायन) प्लान्टमा बिस्फोट हुँदा कम्तीमा एकजनाको ज्यान गएको छ । अरु चारजना बेपत्ता छन् । लेभरकुजन शहरमा रहेको केमिकल प्लान्टमा बिस्फोट भएको हो । सो बिस्फोटमा १६ जना घाइते भएका लेभरकुजनका अधिकारीले बताएका छन् । स्थानीय समय अनुसार मंगलबार बिहान ९ बजे ४० मिनेटमा बिस्फोट भएको हो । बिस्फोटबाट भएको आगलागी नियन्त्रणका […]

बंगलालेशमा बम बिस्फोट, सातको मृत्यु

एजेन्सी । बंगलालेशमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन् । बंगलादेशको राजधानी ढाकाको मोघबजार क्षेत्रमा रहेको एक भवनको रेष्टुराँमा बिस्फोट भएको बताईएको छ । बिस्फोटका कारण अन्य सातवटा घरहरुमा क्षति पुगेको छ भने केही सवारीसाधन पनि ध्वस्त भएका छन् । बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ […]

जम्मू एयर फोर्स स्टेशनमा भएको बिस्फोट आतंकवादी हमला

बीबीसी। भारतको जम्मु एयर फोर्स स्टेशनमा आज भएको बिस्फोट आतंकवादी आक्रमण भएको पुष्टि भएको छ। जम्मु कश्मीरका डीजीपी दिलबाग सिंहले उक्त बिस्फोट आतंकवादी आक्रमण भएको बताए। प्रहरी र भारतीय सेनाले अहिले घटनाको थप अनुसन्धान गरिरहेको उनले जनाए। एयर फोर्स स्टेशनमा ड्रोनमार्फत आक्रमण गरिएको थियो। बिस्फोट हुँदा केही घरमा क्षति पुगेको जनाइएको छ। पीटीआईकाअनुसार घटनामा दुईजना वायु सैनिक घाइते भएका छन्।