जापान र अष्ट्रेलियालगायतका देशमा पुग्छ टोखाको चाकु

माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौँको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ छ । टोखाको चाकु नेपाल मात्र नभइ विश्वका विभिन्न मुलुकबाट समेत माग आइरहेको छ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार यहाँ उत्पादित चाकु जापान र अष्ट्रेलियालगायतका देशमा समेत उत्तिकै माग छ । माघे सङ्क्रान्तिमा चाकु खाने …