एमालेको उपत्यका विशेष प्रदेश कमिटीमा अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत चयन

काठमाण्डौ – नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रेम पराजुलीसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला विश्वकर्मा सर्वसम्मत चयन हुनुभएको हो । पराजुली यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो । यो अधिवेशनमा अध्यक्ष पदमा चन्द्र रिजालको उम्मेदवारी परे पनि उहाँले फिर्ता लिएपछि निर्विरोध नेतृत्व चयन भएको हो । ७५ सदस्यीय नयाँ कमिटीको पूर्ण टुङ्गाे लागेपछि घोषणा गर्ने निर्वाचन समितिले जनाएको छ ।