सन् २०१९ को डिसेम्बरमा चीनको उहान सहरबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण क्रमशः विश्वका सबै महादेश र राष्ट्रहरूमा फैलियो । २०२१ को अगस्ट अन्त्यसम्म आइपुग्दा विश्वका २१ करोड ६२ लाख २४ हजार ३५१ मानिस सङ्क्रमित हुन पुगे भने दशौँ लाख (२.०८ प्रतिशत) मानिसले ज्यान गुमाइसकेका छन् ।यो रोगको सङ्क्रमणलाई नियन्त्रण गर्न विश्व स्वास्थ्य सङ्गठन लगायत अन्य सङ्घ–संस्था र सरकारको आह्वानमा विश्वका अधिकांश देशहरूले पूर्ण तथा आंशिक निषेधाज्ञा तथा यात्रा प्रतिबन्ध लगाउने कार्य गर्दै आइरहेका छन्; जसबाट स्वास