प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमका रुपमा व्याख्या गरेको नेकपा (दाहाल-नेपाल) समूहले शनिबार दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । नेताहरुले दोस्रो चरणका आन्दोलनका कार्यक्रम जनपरिचालन सम्बन्धी हुने बताएका छन् । यसअघि यो समूहले मंगलबार देशभर विरोध प्रदर्शन गरेको थियो ।