गुण्डा नाइके भनेर चिनिएका राजीव गुरूङ (दीपक मनाङे) प्रदेश सभा सांसदमा निर्वाचित भएका छन्। मध्यरातमा सकिएको मतगणनाअनुसार मनाङ प्रदेश सभा कबाट स्वतन्त्र उम्मेदवार बनेका मनाङे विजयी भएका हुन्। मनाङेले स्वतन्त्र उम्मेदवारी दिए पनि उनलाई सघाउन एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो। मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।