सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्ट प्राध्यापनसँगसँगै व्यावसायिक कृषिमा पनि लागेका छन् । एक दशकदेखि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा ग्रामीण विकासको उपप्राध्यापक रहेका उनी प्राध्यापन बाहेकको समय कृषिमा खर्चिन्छन् ।उनले महेन्द्रनगरमा कुखुरापालन, बाग्लुङमा अलैँची खेती र डडेल्धुरामा भटमास प्रशोधन केन्द्रमा लगानी गरेका छन् । विश्वविद्यालयमा प्राध्यापनमा पनि अब्बल मानिएका उनी अध्ययन अनुसन्धानमा संलग्न छन् । “मेरो प्रमुख पेशा प्राध्यापन रहे प