नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका एक सदस्यले आइतबार बिहानै सरकार विस्तारको तयारीबारे असन्तुष्ट हुँदै भने, ‘मुख्यमन्त्री राजेन्द्र राई एकलौटी ढंगले अगाडि बढ्न खोजेका छन्, यो हामीलाई मान्य छैन, ७ दिनमै सरकार ढाल्दिन्छौं ।’ उनले मुख्यमन्त्री राईले आफूहरुसँग सल्लाह नगरेको भन्दै चर्को असन्तुष्टि व्यक्त गर्दै थप भनेका थिए, ‘यो कुरा मैले मुख्यमन्त्रीलाई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पनि भनेको छु, यही तरिकाले अगाडि बढे संसदीय दलको बहुमत सदस्यले निर्णय गरेर स