तीजको समयमा आमा र भाउजु हुने चेलीको लागि तीज जति ख रमाइलो आउँछ त्यति अरूको लागि सायदै होला। म आमा गुमाइसकेकी र भाउजू नभएकी चेली भएकीले मलाई त्यस्तो लागेको पनि हुन सक्दछ।किनकी तीज पञ्चमीमा हजुरआमा, आमा काकीहरू मिलेर दर पकाएर खाएको, सुनसरी खोलामा गएर नुहाएको अनि गाउँभरिका सबै महिलाहरू एकै ठाँउमा भेला भएर पूजा लगाएको माइती इनरूवाको सम्झना हरेक तीजको समय दिमागमा आउँछ नै। त्यतिबेलाको जस्तो रमाइलो आफु हजुरआमा भइसक्दा पनि फेरि अनुभव गर्न पाएकी छैन। अहिलेको तीजको रहर आयो बरि लै भन्ने गीतले मलाई नच