वीरगञ्ज । वीरगञ्जलगायत आसपासका क्षेत्रमा खानेपानीको समस्या चर्किएको छ । यस क्षेत्रमा पानीका चापाकल सुक्दै गएपछि खानेपानीको हाहाकार भएको हो ।
वीरगञ्ज क्षेत्रमा पानीको समस्या यति धेरै चर्र्किएको यो पहिलोपटक भएको दाबी जानकारहरूको छ । वीरगञ्जका विभिन्न स्थानमा स्थानीयवासी खानेपानीका लागि लाम लागेको देख्न सकिन्छ । वीरगञ्जमा खानेपानीका लागि यस्तो दृश्य पहिलोपटक देखिएको वीरगञ्ज–५ जेलरोडका बासिन्दा कमलमान श्रेष्ठले बताए । भूमिगत पानीको सतह सुकेपछि पानीको समस्या भएको वीरगञ्ज महानगरले बताएको छ ।
यता, जथाभावी डिप बोरिङ गर्ने परिपाटीले खानेपानीको समस्या भएको भन्दै स्वीकृतिविना डिप बोरिङ नगर्न महानगरले सूचना जारी गरेको छ । अनुमति नलिई डिप बोरिङ गरिएमा जरीवाना गर्ने चेतावनी महानगरले दिएको छ । नगरमा खानेपानीको हाहाकार हुँदा समस्याको समाधानमा भने महानगर उदासीन बनेको आरोप वीरगञ्जका बासिन्दाले लगाएका छन् ।
वीरगञ्ज क्षेत्रमा पानीको समस्या यति धेरै चर्र्किएको यो पहिलोपटक भएको दाबी जानकारहरूको छ । वीरगञ्जका विभिन्न स्थानमा स्थानीयवासी खानेपानीका लागि लाम लागेको देख्न सकिन्छ ।
महानगरको यो सूचनाको सामाजिक सञ्जालमा आलोचना भएको छ । डिप बोरिङ नगर्न चेतावनी दिने महानगरले खानेपानीको व्यवस्था पनि मिलाउनुपर्ने माग स्थानीयको छ । महानगरले भने समाधानको प्रयास भइरहेको बताएको छ । केही दिनअघि महानगरले १ देखि १६ नम्बर वडासम्म ४ हजार ओटा खानेपानीका धारा नि:शुल्क वितरण गरिने भन्दै आवेदन माग गरेको थियो । नगर क्षेत्रका अधिकांश चापाकल सुकेका छन् । वीरगञ्जका धेरैजसो बासिन्दा चापाकलको पानीमा आश्रित रहेकोमा यो स्रोत सुक्दै गएपछि उनीहरू मारमा परेका छन् । यो वर्ष पर्सालगायत मधेशका जिल्लामा न्यून वर्षा भएकाले पनि पानीको समस्या भएको हो । पानीका स्रोत सुकेपछि खानेपानी लिन भीड लाग्ने गरेको नेपाल खानेपानी संस्थान, वीरगञ्जले बताएको छ
झापा — अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पुर्याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ । उक्त परियोजनाका लागि नेपाल सरकारले १२ करोड बजेट विनियोजन गरेको छ । नदी सिँचाइ प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती गरिरहेका कचनकबल गाउँपालिकाको सातवटै वडा र भद्रपुर नगरपालिकाको १, २ […]
नेपालगञ्ज– बाँकेको नरैनापुर गाउँपालिकामा सबै वडाका किसानलाई सिँचाइको सुविधा हुने गरी डिप बोरिङ जडान र राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीको विशेष उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । गत वर्षको बेमौसमी वर्षाका कारण भित्र्याउने अवस्थाको […]
डिप बोरिङ बिग्रिएपछि जाजरकोटको भेरी नगरपालिका-१३ का स्थानीय सकसमा परेका छन् । ६० लाख लागतमा तयार भएको बोरिङ मर्मत हुन नसक्दा उनीहरु दैनिक एक घण्टाको यात्रा गरेर खानेपानीको जोहो गर्न बाध्य बनेका हुन् । बोरिङ बिग्रिएको पाँच महिना नाघ्दासमेत मर्मतको लागि स्थानीय सरकारले ध्यान नदिएको स्थानीयको आरोप छ । बर्खाको समयमा बोरिङ बिग्रिएपछि खानेपानीको लागि टाढाटाढा पुग्दा पनि सफा पानी नपाइएको उनीहरुको गुनासो छ ।
काठमाडौं (नेस) । नगर विकास कोषको खानेपानी तथा सरसफाई कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिकामा डिप बोरिङ तथा रिजर्भायर ट्याङ्की आयोजनाका लागि ऋण सम्झौता सम्पन्न भएको छ । कोषको खानेपानी तथा सरसफाई कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिकामा डिप बोरिङ तथा रिजर्भायर ट्याङ्की निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्ग र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाबीच […]
पर्वत- पहाडी क्षेत्रमा डिप बोरिङ गरेर पानी निकाल्ने प्रविधि सफल भइरहेको अवस्थामा पर्वतको उच्च पहाडी क्षेत्र फलेवास नगरपालिका–३ पोखराचौरस्थित विष्टपानीमा डिप बोरिङ गरेर पानी निकालिएको छ ।डिप बोरिङ गरेर निकालिएको पानी यहाँका १७ घरमा वितरण गरिएको छ । नाम विष्टपानी भए पनि यो गाउँमा पानीको चरम अभाव थियो । सामुद्रिक सतहबाट १२ सय ४८ मिटर […]
मेलम्ची नआउन्जेलसम्म काठमाडौँ उपत्यकामा पानीको अभाव हुन नदिन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले थप १३ वटा ‘डिप बोरिङ’ जडान गरी दैनिक एक करोड ३० लाख लिटर पानीको उत्पादन थप्ने योजना बनाएको छ ।त्यसमध्ये तीनवटा जडान भई सञ्चालनमा आइसकेका छन् भने १० वटा जडानका लागि ठाउँ पहिचान भई अहिले अध्ययन कार्य भइरहेको छ ।काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्पको रूपमा उपत्यकाको १३ वटा ठाउँमा नयाँ ‘डिप बो
मेलम्ची नआउन्जेलसम्म काठमाडौँ उपत्यकामा पानीको अभाव हुन नदिन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले थप १३ वटा ‘डिप बोरिङ’ जडान गरी दैनिक एक करोड ३० लाख लिटर पानीको उत्पादन थप्ने योजना बनाएको छ ।
त्यसमध्ये तीनवटा जडान भई सञ्चालनमा आइसकेका छन् भने १० वटा जडानका लागि ठाउँ पहिचान भई अहिले अध्ययन कार्य भइरहेको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्पको रूपमा उपत्यकाको १३ वटा ठाउँमा नयाँ ‘डिप बोरिङ’ ...