ट्रम्पविरुद्ध दोस्रोपटक लगाइयो महाअभियोग, अब के हुन्छ ?

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले बुधवार राष्ट्रपति डोनल्ड ट्रम्पलाई दोस्रोपटक महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ ।  अघिल्लो साता अमेरिकी संसद् भवनमा गरिएको आक्रमण ट्रम्पले भड्काएकाले नै भएको निष्कर्ष संसद्ले निकालेको छ ।  हाउसमा महाअभियोगको पक्षमा २३२ र विपक्षमा १९७ मत परेको थियो ।  अमेरिकी इतिहासमा राष्ट्रपतिमाथि महाअभियोग लगाइएको यो चौथो अवसर हो । तर एक कार्यकालमै दोस्रोपटक महाअभियोगको सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् ।  ट्रम्पको रिपब्लिकन पार्टीका १० जना सांसदले...