विवादित फैसला गर्ने अछामका न्यायाधीश सर्वोच्च तानिए

धनगढी : अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीलाई सर्वोच्च अदालत काजमा तानिएको छ। कैफियत (विवादास्पद) फैसला गरेको भन्दै आइतबार जोशीलाई सर्वोच्च अदालत काजमा तानिएको हो।बलात्कार मुद्दामा जाहेर दिने किशोरीलाई नै ३ वर्ष ६ महिना कैदको फैसला गरेपछि जोशीको उक्त फैसला विवादित बनेको थियो। फैसला विवादित बनेपछि उनलाई छानबिनका लागि तत्काल जिम्मेवारीबाट हटाएर सर्वोच्च तानिएको बताइएको छ।सर्वोच्च अदालतबाट आइतबार नै अछाम जिल्ला अदालतमा न्यायाधीश जोशीलाई काजमा तान्ने पत्र पठाइएको थियो। कामु प्रधा