रिद्धिसिद्धि सिमेन्टको ‘कन्ट्रयाक्टर मिट’

काठमाडौं (अस) । रिद्धिसिद्धि सिमेन्टले आफ्ना उत्पादन, गुणस्तर तथा इञ्जिनियरिङ सुझावलगायत प्राविधिक ज्ञान दिने उद्देश्यले विभिन्न स्थानमा  कन्ट्रयाक्टर मिट (ठेकेदार भेला)  आयोजना गरेको छ । फागुन १३ गते चन्द्रागिरि, १४ गते भक्तपुर तथा ललितपुर र १५ गते बनेपामा कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको छ । देशका विभिन्न स्थानमा कन्ट्रयाक्टर मिट सम्पन्न गरिसकेको कम्पनीले ४३ ग्रेडको ओपीसी सिमेन्टमा केन्द्रित रही छलफल चलाइने गरेको जनाएको छ । निर्माण कार्यमा प्राविधिक रूपमा संलग्न सम्पूर्ण ठेकेदारलाई उत्पादन, गुणस्तर प्रक्रिया तथा इञ्जिनियरिङ सुझावलगायत प्राविधिक ज्ञान दिन र सिमेन्टको विशेषतासम्बन्धी जानकारी गराउन कार्यक्रम आयोजना गरिरहेको कम्पनीको भनाइ छ । कार्यक्रममा ५ सयभन्दा बढी संख्याका ठेकेदारले छलफलमा सहभागिता जनाएका थिए । कम्पनीले आउँदो नयाँ वर्ष ०७९ लक्षित उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले ठेकेदार लक्षित हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको छ । उपहार योजना ०७८ फागुन १ देखि ०७९ वैशाख ३१ सम्म लागू हुनेछ । योजनाअन्तर्गत खरिद तथा उपयोग हुने सिमेन्ट बोरा संख्याका आधारमा विभिन्न उपहार पाउन सकिनेछन् । योजना अन्त्यमा गोला प्रथामार्फत ५ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रूपमा काठमाडौं–पोखरा भ्रमण प्योकज जित्न सक्नेछन् । ६००० बोरा ओपीसी वा पीएससी सिमेन्ट खरिदमा ४३ इन्चको सीजी स्मार्ट एलईडी टीभी वा सिओमी ११ लाइट एनई ५जी ८/१२८ जीबी १ थान, ५००० बोरा ओपीसी वा पीएससी सिमेन्ट खरिदमा ३२ इन्चको सीजी स्मार्ट एन्ड्रोइड सीजी३२बी वा साओमी रेडमी नोट १० प्रो १ थान पाउन सकिनेछ । यस्तै, २५०० बोरा ओपीसी वा पीएससी सिमेन्ट खरिदमा साओमी रेडमी ९सी ३२/६४जीबी वा बाल्ट्र बीओटी ११२ ५० लिटर फोस्टर ओभन १ थान, १५०० बोरा ओपीसी वा पीएससी सिमेन्ट खरिदमा बाल्ट्रा इन्फ्रारेड इन्डक्सन कुकर वा यासुदा वाईएस–२८एससी २.८ लिटर राइस कुकर १ थान, ८०० बोरा ओपीसी वा पीएससी सिमेन्ट खरिदमा रेनकोट १ थान, ४०० बोरा ओपीसी वा पीएससी सिमेन्ट खरिदमा हटपट लञ्च बक्स १ थान जित्न सकिनेछ ।

सम्बन्धित सामग्री

मनहरि बहुमुखी क्याम्पसलाई रिद्धिसिद्धि सिमेन्टको शैक्षिक सामग्री सहयोग

रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले मकवानपुरको मनहरि–८, सिम्पानीमा रहेको श्री मनहरि बहुमुखी क्याम्पसलाई शैक्षिक

रिद्धिसिद्धि सिमेन्ट बजारमा

शंकर ग्रुप तथा अम्बे ग्रुपको संयुक्त सहकार्यमा उत्पादित रिद्धिसिद्धि सिमेन्टको औपचारिक अनावरण गरिएको छ । आइतबार काठमाडौंस्थित होटल अन्नपूर्णमा आयोजित समारोहमा दुई समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा शोभाकर (हरि) न्यौपानको उपस्थितिमा अतिथि तथा सञ्चारकर्मीहरू समक्ष रिद्धिसिद्धि सिमेन्टको औपचारिक अनावरण गरियो । कार्यक्रममा बोल्दै रिद्धिसिद्धिका निर्देशक आनन्द नेपालले सिमेन्टको उत्पादन प्लान्टमा प्रयोग गरिएका प्रविधिहरूकाबारे बताए । उनले संसारकै सर्वोत्कृष्ट युरोपेली प्रविधि युक्त प्रक्रियाद्वारा उत्पादित उक्त सिमेन्टको गुणस्तरीय एक रुपतामा जोड दिए ।