नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा निर्वाचित सांसद राधेश्याम अधिकारीले सांसद विकास कोष हटाउने विषयमा कुनै आपत्ति नभएको बताएका छन्। राष्ट्रिय सभामा बजेटको सिद्धान्त र अवधारणामाथिको छलफलको क्रममा अधिकारीले संघीयतामा गएपछि संसद विकास कोष हटाउने अवधारणा अर्थमन्त्रीले प्रस्तुत गरेको अवस्थामा आपत्ति नहुने बताएका हुन्। अर्थमन्त्री खतिवडाले बुधबार प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामा स-साना आयोजनामा बजेट…